सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजेटमा ऊर्जा र पर्यटनलाई प्राथमिकतामा राख्न सांसद बजगाईंको आग्रह

मङ्गलबार, २६ वैशाख २०८०, १२ : १२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । सांसद राजेन्द्र बजगाईंले आगामी आर्थिक वर्षको बजेट पर्यटन र ऊर्जामा केन्द्रित हुनुपर्ने विचार राखेका छन् । सोमबारदेखि जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको दोस्रो दिनमा प्रतिनिधि सभामा आफ्नो विचार राख्दै सांसद बजगाईंले नेपालको प्रचुर सम्भावना भएको पर्यटन क्षेत्र, पर्यटन उद्योग र ऊर्जा क्षेत्रमा बजेटको प्राथमिकतामा नपरे कहिँपनि नपुग्ने बताए । 

यसका लागि बजेटले प्राथमिकताका साथ पर्यटन पूर्वाधारको विकासमा लाग्नुपर्ने उनले बताए । 

मलेसियाको उदाहरण दिँदै सांसद बजगाईंले भने, ‘सन् २००७ देखि २०११ सम्म मलेसियाले पर्यटन क्षेत्रमा व्यापक पूर्वाधारको विकास गर्‍यो । अहिले त्यहीँ पूर्वाधारले मलेसिया संवृद्ध हुँदैछ’ उनले भने, ‘प्राथमिकताका साथ मलेसियाले कूल बजेटको ६० प्रतिशत बजेट पर्यटन र पर्यटन पूर्वाधारमा खर्च गर्‍यो र अहिले त्यसको प्रतिफल खादै छन् । यदि हामीले पनि साँच्चै पर्यटन क्षेत्रको विकास गर्ने हो भने बजेटको प्राथमिकतामा पार्न अनिवार्य छ’ उनले भने । 

यस्तै ऊर्जाको क्षेत्रमा आफ्नो विचार राख्दै सांसद बजगाईंले हाइड्रोजन उत्पादनका लागि फक्र्यू कम्पनी मलेसियाबाट आएको तर नेपालले कुनै चासो नै नदेखाएको उनले बताए । 

सन् २०२० आएको कम्पनीले धेरै रिसर्चहरू गरे पनि प्राथमिकता नदिइएको र उक्त फाइल अहिले पनि लगानी बोर्डमा कतै लुकेर रहेको हुन सक्ने उनले बताए । त्यस्तो फाइलको उत्खनन गर्नुपर्ने सांसद बजगाईंले विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप