सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिए

मङ्गलबार, २६ वैशाख २०८०, १२ : २७
मङ्गलबार, २६ वैशाख २०८०

गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिएका छन् । इजरायली लडाकु विमानले गजा पट्टीमा  गरेकाे बम बारीमा उनीहरु मारिएका हुन् । इजरायली सेनाले इस्लामिक जिहाद सङ्गठनका नेताहरूलाई निशाना बनाउन अपरेसन ‘शिल्ड एन्ड एरो’ सुरु गरेको थियो ।

सेनाले  तीन इस्लामिक जिहाद कमान्डरलाई मारेकाे जानकारी दिएका छन् । समाचार एजेन्सी रोयटर्सले पनि यस हमलामा तीन नेता मारिएकाे बताएकाे छ । प्यालेस्टिनी अधिकारीहरूले पनि तीन वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

इजरायली सेनाले उनीहरूलाई खलिल बहतिनी, जाहेद अहनम र एज्जदीनको रूपमा पहिचान गरेको छ ।  एएफपी संवाददाताका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजेपछि हवाई आक्रमण सुरु भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप