आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

मङ्गलबार, २६ वैशाख २०८०, १२ : ३७
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको मंगलबार उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित ८१ बर्सिया दिलमायाको केही समययता सोही अस्पतालमा उपचार हुँदै आएको थियो । 

दिलमायाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर काजकिरीया भने गोरखाको बोर्लाङमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।  स्वर्गीय दिलमायाका श्रीमानसहित एक छोरा (मोहन श्रेष्ठ) र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप