सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्च ब्वाइजको मुख्य प्रायोजकमा अपि पावर कम्पनी

मङ्गलबार, २६ वैशाख २०८०, १६ : ५९
मङ्गलबार, २६ वैशाख २०८०

 काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ‘ए’ डिभिजन फुटबल क्लब चर्च ब्वाइज युनाइटेडलाई प्रायोजन गर्ने भएको छ । चर्च ब्वाइजले मंगलबार अपि पावरलाई मुख्य प्रायोजकको रुपमा भित्राएको हो । 

चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार, अब क्लबको नाम ‘अपि पावर चर्च ब्वाइज’ हुनेछ । 

क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीका लागि अपि पावर कम्पनीले क्लबलाई सहयोग गर्ने सम्झौतामा उल्लेख छ । अपि पावर कम्पनी नेपालको उर्जा क्षेत्रमा सक्रिय संस्था हो । चर्च ब्वाइजले पनि ‘ए’ डिभिजन लिगमा उक्लिएको पहिलो वर्षमै राष्ट्रिय टोलीका प्रभावशाली खेलाडीहरु क्लबमा अनुबन्ध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप