आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेक्सन ईभीको सफलता पछि 'टाटा नेक्सन म्याक्स' सार्वजनिक, यस्तो छ बजार मूल्य (तस्बिरसहित)

नेक्सन ईभीको सफलता पछि 'टाटा नेक्सन म्याक्स' सार्वजनिक, यस्तो छ बजार मूल्य (तस्बिरसहित)

मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भित्र्याएको छ । यसअघिको टाटा नेक्सन ईभीको अपार सफलतापछि कम्पनीले नेक्सन म्याक्स भित्र्याएको हो ।

नेक्सन  ईभीको भन्दा थप फिचरस र पर्फमेन्ससहित आएको नेक्सन ई  म्याक्स ईभी ४६ लाख ४९ हजार रुपैयाँमा नै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

नेक्सन म्याक्स १०० किलोवाट इलेक्ट्रिक इन्जिनका साथमा ४१.५ किलोवाटको ब्याट्री क्षमतामा आएको छ ।  यद्यपि भारतीय बजारमा भने सोही मोडल १०५ किलोवाट इन्जिनमा उपलब्ध छ  ।

उपलब्ध नेक्सन म्याक्स हाइटेक र फिचर लोडेड मोडल हो । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया