सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कबवेब ब्यान्डका गायक सञ्जयले गरे विवाह

बिहीबार, २८ वैशाख २०८०, १४ : ०७
बिहीबार, २८ वैशाख २०८०

कबवेब ब्यान्डका गायक सञ्जय अर्यालले विवाह गरेका छन् । प्रेमिका आर्शिया श्रेष्ठसँग उनी आज (बिहीबार) विवाह बन्धनमा बाँधिएका हुन् । 

सञ्जय र आर्शिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए । सञ्जयको इन्स्टाग्राम अकाउन्टमा यी दुईका केही तस्बिर देख्न सकिन्छ । 

आर्शिया डिजिटल आर्टिस्ट हुन् । रकहेड्स ब्यान्डको रङ्ग भन्ने गीतको म्युजिक भिडियोमा आर्शियाले डिजिटल आर्ट, मोसन ग्राफिक्स गरेकी छिन् । यो गीत निकै चर्चित छ । सञ्जय रकहेड्स ब्यान्डका समेत गायक हुन् । 

कबवेब ब्यान्डमा दुई जना गायक छन् । दीपेश मुल्मी कबवेब ब्यान्डको संस्थापक हुनुका साथै गायक हुन् भने सञ्जय केही वर्ष अघि यो ब्यान्डमा आबद्ध भएका हुन् । 

sanjay

सञ्जय कबवेब ब्यान्डका सदस्यसँग

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप