आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय समिति बैठक : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने

शुक्रबार, २९ वैशाख २०८०, ०६ : ४५
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । 

केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए । 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप