सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तै मायाको’ मा सुनिल र एलिशाको रोमान्स

शनिबार, ३० वैशाख २०८०, ०९ : ०६
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाका’ गीतको भिडियो रिलिज गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत छ, भने एरेन्ज रिकेश गुरुङले गरेका छन् ।

डान्सिङ शैलीमा तयार छमछम नचाउने गीतको भिडियोमा एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्मा मुख्य भूमिकामा छन् । 

दुर्गा पौडेलको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो सुनिल क्षेत्रीले नै निर्देशन गरेका हुन् । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो लगायतका दर्जन बढी गीतहरू बजारमा आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप