आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटपछि सार्वजनिक संस्थान र नियामक निकायको अनुगमन गर्ने अर्थमन्त्रीको चेतावनी

सोमबार, ०१ जेठ २०८०, २० : १७
सोमबार, ०१ जेठ २०८०

 

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले महत्त्वपूर्ण सार्वजनिक संस्थान तथा सरकारी नियामक निकायहरूको पर्फमेन्स खस्किँदै गएकोमा चिन्ता व्यक्त गरे । सोमबार नेपाल बीमा प्राधिकरणको ५५औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डा.महतले बजेटपछि यस्ता निकायहरूको अनुगमन नियमन गर्ने बताए ।

'सार्वजनिक संस्थानहरूले आफूखुसी लाइसेन्स बाँड्दै हिँड्ने होइन । आवश्यकता के हो ? प्रभावकारिता के हो ? नियामकले राम्रोसँग बुझ्नु होला । बीमा प्राधिकरणलाई नै इंगित गर्दै अर्थमन्त्री डा.महतले भने, 'यसअघि नै मनन गरिएको भए अहिले जबरजस्ती बीमा कम्पनीहरुलाई मर्जरमा लैजानुपर्ने नै थिएन ।' 

अर्थमन्त्री डा.महतले आवश्यकताभन्दा बढी बीमाको लाइसेन्स बाँडिएकाले समस्या आएको बताए । 

बीमा कम्पनीहरूले अस्वस्थ व्यावसायिक प्रतिस्पर्धा गर्ने भन्दा पनि प्रभावकारी र सुलभ बीमाको सुविधा दिनुपर्ने बताए ।

अर्थमन्त्री डा प्रकाशशरण महतले भने,'बीमा क्षेत्रमा यथेष्ट विश्वास कि भएन ? बीमा कम्पनी गायब भयो भने के होला ? कति बीमा कम्पनी आवश्यक हो ? त्यो हेरेर मर्जरमा जानू पर्छ । यति धेरैलाई लाईसेनस् दिन नहुने हो । स्वस्थ प्रतिस्पर्धा, आधुनिक हुन आवश्यक छ । परम्परागत साेचले चल्न भएन । नियामक  जिम्मेवार र पारदर्शी हुनु आवश्यक छ,' अर्थमन्त्रीले ग्राहकको सेवामा ध्यान दिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप