सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्रद्वारा खुमलटार पराजित

सोमबार, ०१ जेठ २०८०, २१ : ०६
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा ओलावाले अफिजले दुई तथा एन्ड्रिस नियाले एक गोल गरे ।
 
मछिन्द्रका लागि नियाले खेलको ४२औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै, अफिजले खेलको ७७औँ मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए । उनलेनै खेलको ८३औँ मिनेटमा थप गोल गर्दै आफ्नो टोलीको ३–० गोलको स्थितिमा पु¥याए । जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अङ्क जोडेको छ । मछिन्द्र अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलको खुमलटार १७ अङ्कसहित अङ्क तालिकाको पुछारमा छ । 

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरी सकियो । हिमालयन शेर्पाका लागि म्यानुअल नानाले खेलको ५०औँ मिनेटमा एक गोल गरे । 

हिमालयन शेर्पाको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७२औँ मिनेटमा सङ्कटाका आयुश घलानले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीका तर्फबाट थप गोल हुन सकेन । यस खेलसँगै सङ्कटा १८ खेलमा २१ अङ्क जोड्दै अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा २२ अङ्कसहित नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप