आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार अनावश्यक खर्च कटौतीमा निर्मम हुनुपर्छ: ज्ञानेन्द्र शाही

मङ्गलबार, ०२ जेठ २०८०, १७ : ०२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खर्च कटौतीमा निर्मम हुनुपर्ने बताएका छन् । 

मङ्गलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो नभएको बताए । 

उनले नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको र वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको बताए । 

उनले समितिले सरकारले गर्ने खर्च कटौतीका विषयमा समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन माग गरे । 

उनले भने, ‘अर्थतन्त्रका वर्षमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो होला भन्ने लाग्दैन । आर्थिक वृद्धिदर घट्दै आएको अवस्था छ । मुलुकको वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको छ नयाँ सरकार बनेपछिको तथ्याङ्क हो । खर्च कटौती कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनको लागि समितिमा अर्थमन्त्रीलाई तत्काल बोलाउनुपर्छ । अबको अर्को बैठकमा अर्थमन्त्री बैठकमा हुनुपर्छ । सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागेको माग्यै छौँ । तर सरकारले जानकारी दिएको छैन । कि त सरकारले नीतिगत निर्माणमा गलत गर्नुपर्‍यो । अहिले हामी अति संवेदनशील अवस्थामा छौँ ।’

उनले  सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताए । उनले अर्थतन्त्रका दृष्टिकोणले मुलुक संवेदनशील अवस्थामा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप