आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश खेलकुद : २१९ स्वर्णका लागि १३ विद्यामा प्रतिस्पर्धा

मङ्गलबार, ०२ जेठ २०८०, १९ : ००
मङ्गलबार, ०२ जेठ २०८०

मकवानपुर । आगामी जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार पत्रकार सम्मेलन गर्दै जेठ ७ देखि १३ गतेसम्म विभिन्न १३ विद्यामा खेलकुद प्रतिस्पर्धा हुने जानकारी दिइएको हो ।

२१९ स्वर्ण पदकका लागि विभिन्न १३ वटा विधामा प्रतिस्पर्धा हुन लागेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । उनका अनुसार २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो वर्ष प्रदेश खेलकुद प्रतियोगितामा ८ वटा विधामा प्रतिस्पर्धा भएकोमा यस वर्षमा भने १३ विद्यामा प्रितिस्पर्धा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेशका ४ जिल्लामा प्रतिस्पर्धा संचालान गरिने उनको भनाई । 

उनका अनुसार प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उजु, जुडो, क्रिकेट, रग्वी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने छ । १३ विद्यामा सञ्चालन हुने प्रतियोगितामा एक हजार ७५ महिला र  एक हजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले प्रतिस्पर्धा सदस्य सचिव भण्डारीले बताए । उनका अनुसार उक्त प्रतिस्पर्धाहरुमा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी ७९४ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्वी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टन हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौँमा हुनेछ । पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ । अधिकांश खेलकुद प्रतियोगिता प्रदेश राजधानी हेटौंडामा नै गर्ने तयारी गरिएपनि खेलकुदका पूर्वाधार प्रर्याप्त नहुँदा अन्य जिल्लामा गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।

‘हामीले अधिकांश खेलहरु हेटौंडामा नै गर्ने योजना बनाएका थियौं । सकेसम्म धेरै खेल प्रदेशको राजधानी हेटौंडामै गर्ने तयारी गरेका छौं । तर, हेटौंडामा सबै खेल प्रतियोगिताहरु सञ्चालन गर्नसक्ने परिस्थिति छैन । केही पूर्वाधारहरू नभएकाले हामीले चितवन, काठमाडौँ र ललितपुरमा खेलहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । हेटौंडामा क्रिकेट, पौडी तथा उसु र जुडो खेल संचालनका लागि पूर्वाधार नभएकाले ति खेलहरु चितवन, ललितपुर र काठमाडौँमा सञ्चालन गर्ने तयारी गरिएको छ,’ उनले भने ।

प्रतियोगितको विजेता खेलाडीहरुले पदकसहित नगद पुरस्कार समेत प्राप्त गर्ने उनले बताए । उनका अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले जनही क्रमशः नगद ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेशको टिम तयार र खेलाडीलाई नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउने उद्देश्यका साथ हुन लागेको प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । करिब ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिताकाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने कार्यतालिका रहेको छ ।

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने उद्घाटनमा खेलाडीहरुको मार्चपाससहित नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुति, झाँकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सदस्य सचिव भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । प्रदेशस्तारमा खेलकुद पूर्वाधार निर्माण देखि खेलाडी उत्पादन र विकासका लागि विभिन्न कार्यक्रमहरु ल्याएर काम गरिरहेको उनले बताइन् ।

‘खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ । विशेष प्राथमिकताका साथ सरकारले खेल क्षत्रेको विकासमा लगानी गरिरहेको छ । पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा विकासमा सरकारले विभिन्न कार्यक्रम ल्याएको छ,’ उनले भनिन्, ‘प्रदेश खेलकुद प्रतियोगितालाई बागमती प्रदेशकै सानको रुपमा अघि बढाएका छौं । यसको तयारी करिब पूरा भएको छ । खेल क्षेत्रको विकास गर्ने उद्देश्यले यस वृहत् प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौं ।’

खेल क्षेत्रको लगानीलाई थप व्यवस्थित गरिने सरकारको तयारी रहेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप