सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शेषमति खोलामा बस र मोटरसाइकल खस्दा एक पुरुषको मृत्यु (अपडेट)

बुधबार, ०३ जेठ २०८०, १८ : ११
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा घाइते भएका ५७ वर्षीय जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको छ ।

सप्तरी घर भएर इमाडोल बस्ने गुप्ता सवार बा ४९ प ७०१ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको बा ३ ख ६३६७ नम्बरको बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा सात जना घाइते भएको जानकारी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले दिए । घाइते मध्ये गुप्तालाई ग्रीन सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको भट्टले बताए ।

अन्य घाइतेहरूको उपचार नयाँ बजारस्थित पिपल्स अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप