आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेठ २६ मा भिड्दै ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’

बिहीबार, ०४ जेठ २०८०, ११ : १३
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । केही अगाडिसम्म आगामी २६ जेठमा रिलिजका लागि एक पनि फिल्म थिएन । अहिले भने यो मितिमा दुई फिल्म ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ले आफ्नो प्रदर्शन मितिका रूपमा सार्वजनिक गरेका छन् ।

अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार यो मितिमा फिल्म नदेखिएकोले यी दुवै फिल्म भिड्न आएका हुन् । ‘वेलकम टु हेम्जाकोट’ सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म हो भने ‘नीरफूल’मा फुलमान बलको निर्देशन रहेको छ ।

‘वेलकम टु हेम्जाकोट’ गतवर्षको कात्तिक २५ मा प्रदर्शन आउने भनिए पनि विभिन्न कारणले सर्दै २६ जेठबाट आउन लागेको हो । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिप राई, स्व.जयनन्द लामा लगायतको अभिनय छ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मका निर्माता हुन् । फिल्मले २०७९ सालको मङ्सिरमा काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो । कास्कीको पर्यटकीय स्थल हेम्जाकोट वरपर फिल्मको सम्पूर्ण छायाङ्कन भएको हो । 

त्यस्तै ‘नीरफूल’ २०७२ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष कथामा बनेको फिल्म हो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतको फिल्ममा अभिनय छ । अभिनेत्री रेखा थापाको विशेष भूमिकामा रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ ।

फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानसराज, रोशन फ्युबालगायतको समेत अभिनय छ । 

welcome to hemjakot poster 1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप