आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

ऊर्जा मन्त्रालयमा पुग्नासाथ शमशेर मियाँ प्रहरीको नियन्त्रणमा

बिहीबार, ०४ जेठ २०८०, १३ : १८
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए ।

शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्को व्यक्तिलाई दिने तयारी गरेका थिए । सो निर्णय गर्न गृह मन्त्रालयबाट फाइल मगाएर ऊर्जा मन्त्रालयमा छिरेका मियाँलाई पक्राउ गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

गृह मन्त्रालयका ती अधिकृत भन्छन्– ‘हज समितिको फाइल उहाँले गृहबाट मगाउनु भएको रहेछ ।’ शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप