सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ

शनिबार, ०६ जेठ २०८०, १८ : ०२
शनिबार, ०६ जेठ २०८०

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ । मायामेट्रोमै कार्यरत डाक्टर सन्दीप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । 

डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई प्रहरीले पक्राउ गरेको थिएन ।

मृतक शाहका परिवारले दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिबार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए । घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न परिवारको माग थियो । भट्टराई आज साँझ साढे चार बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप