आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

आइतबार, ०७ जेठ २०८०, ११ : ५१
आइतबार, ०७ जेठ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै छ । भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा विगत ४ महिनादेखि सरकारले पूर्णता पाउन सकेको थिएन । आज आइतबार बिहान बसेको सत्ता गठबन्धनका दलहरू बिचको छलफलले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।

उक्त छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जसमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्री पाउने भएको छ । उनहरूले आजै ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गर्नेछन् ।

नवनियुक्त मन्त्री मध्ये कांग्रेसका एक मन्त्रीले विभाग पाउने छैनन् भने अन्य सबैको विभाग तोकिने जनाइको छ । मन्त्री नियुक्तका लागि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा आन्तरिक छलफलमा जुटेका छन् । मन्त्री छान्न उनी संसदीय दलको छलफलमा जुटेको उनी निकट स्रोतको भनाई छ । कांग्रेसबाट रामकृष्ण चित्रकार ललितपुर, उत्तम जोशी चितवन, पुकार महर्जन काठमाडौँ र मसिना खड्का सिन्धुपाल्चोक मन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको नेता लामा निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कांग्रेस इतर (शेखर कोइराला) समूहबाट जोशी, प्रकाशमान सिंहको कोटामा महर्जन, संस्थापन पक्षबाट चित्रकार र खड्का मन्त्री बन्ने तयारी भइरहेको छ । खड्कालाई मन्त्री बनाउन सङ्घीय स्वास्थ्य मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको चर्को दबाब रहेको छ । उनीहरूको कार्यभारका विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।

त्यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्दैछन् । श्रेष्ठ र लम्सालले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषयमा छलफल भइरहेको एकीकृत समाजवादीका सांसद एवम् गठबन्धनको छलफलमा सहभागी सदस्य कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप