आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चलचित्र 'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा

मङ्गलबार, ०९ जेठ २०८०, ११ : ३५
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ। वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा भएका छन् । 

प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ ।  यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो । सोही अनुरुप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए ।

 

यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएता पनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप