बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता उल्लेख भएकोमा राउतको असन्तुष्टि

मङ्गलबार, ०९ जेठ २०८०, १४ : ३४
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले सरकारले  नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्  । उनले नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाए । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका हुन् ।

उनले भने, ‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तिन पटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन । म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ । संघीयताको उच्चारण तीन पटक गर्दा पनि एकपटक प्रस्तावनामा गरिएको छ, एकचोटी उपसंहारमा गरिएको छ र एकचोटी मात्रै बडीमा गरिएको छ ।'

'बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ,' सांसद राउतले  भने, 'त्यो बाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयता बारेमा ल्याएको छैन । यसप्रति सरकार र नीति, निर्माताहरू गम्भीर हुनु जरुरी छ । संघीयताका विभिन्न मुद्दाहरू प्रदेश प्रहरी, कर्मचारी समायोजनका विषयलाई ठोस रूपमा सम्बोधन गर्ने पहल हुनुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप