सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभा वुमन्स भलिबल : भारत र कजाकिस्तान विजयी

मङ्गलबार, ०९ जेठ २०८०, १४ : ५०
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप – २०२३ मा भारत र कजाकिस्तानले विजयी हासिल गरेका छन् । हिजोबाट सुरु भएको भलिबल च्याम्पियनसीपमा भारतले कीर्गिस्तान र कजाकिस्तानले श्रीलंकालाई पराजित गरेको हो ।

भारतले कीर्गिस्तानलाई सोझो सेटमा २५–१७, २५–८, २५–८ ले पराजित गर्‍यो । उता कजाकिस्तानले श्रीलंकालाई ४ सेटको खेलमा २५–१६, २८–२६, १८–२५ २९–२७ ले पराजित गरेको हो । 

नेपालले आज दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज भारतसँग पराजित भएर आएको बङ्गलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो । समूह एमा रहेको नेपाल बङ्गलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप