आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नीरफूलको गीत ‘जिन्दगीको डुङ्गा’ सार्वजनिक

मङ्गलबार, ०९ जेठ २०८०, १५ : १०
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । जेठ २६ गतेदेखि  देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को गीत लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । 

२०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् । सेलो संगीत आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसी खुसी रमिरहेको देखिन्छ । साथै फ्यामिलि मिसिङको दुःखलाई पनि भिडियोमा समेटिएको छ । 

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन् । पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दाबी गरेका छन् । 

‘कन्टेन्ट प्रधान’ फिल्म भएकोले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दाबी छ । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । 

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप