आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटमा विभेद गरिए रोष्टम घेर्ने राप्रपाको चेतावनी

मङ्गलबार, ०९ जेठ २०८०, १५ : ५४
मङ्गलबार, ०९ जेठ २०८०

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा विभेद गरे रोष्टम घेर्ने चेतावनी दिएका छन् । 

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले बजेटमा आफ्ना विषयहरु नसमेटेको खण्डमा रोष्टम घेर्ने र बजेट पास गर्न नदिने चेतावनी दिएका हुन् ।

‘सरकारले बजेटमा सबैलाई समेटोस् । हामीले पनि जनतासँग केही कुरा भनेर आएका छौं । त्यसलाई सरकारले बुझेर बजेटमा समेटोस्,’ उनले भने, ‘बजेटमा बेवास्ता गरे रोष्टम घेर्न हामीले पनि जानेका छौं । यो बजेट कसरी पास हुन्छ । त्यो पनि हेर्छौ ।’

प्रदेश सरकारले मन्त्रालय बढाएर के गर्न खोजेको भन्दै प्रश्न उठिरहेको उनको भनाई छ । ‘हामीले तत्कालीन १४ मन्त्रालय घटाएर ११ बनायौं । अहिले फेरि मन्त्री बढाएर मन्त्रालय फुटाउने तयारी भइरहेको छ । मन्त्रालय बढाएर कहाँ जान खोजको हो ? यसले संघीयतालाई के गर्छ ? त्यो आफै बुझ्नु होला,’ उनले भने ।

जनता र राज्यलाई प्रदेश सरकारले के दिने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाई छ । उनले २०४६ साल पछिका नेता र उच्च पदस्त कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने समेत बताए । 

पञ्चायतकालीन नेता पनि २०४६ मा समेटिने उनले बताए । उनले उक्त कार्यको सुरुवात आफैबाट गर्न समेत आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप