सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवनको विजयी सुरुआत

मङ्गलबार, ०९ जेठ २०८०, २१ : ३७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । चितवनले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल मंगलबार जित हात पारेको छ । पिप्ले क्याम्पा रंगशाला भएको खेलमा चितवनले रामेछापलाई २–० गोलले पराजित ग¥यो ।

मंगलबार नै भएका अन्य खेलमा काभ्रे र भक्तपुरले पनि सफलता हात पारे । दुवै टोली पेनाल्टी सुटआउटमा विजयी भएका हुन् । काभ्रेले दोलखालाई ३–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

भक्तपुरले भने धादिङलाई ४–० गोलले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

गौरीटार रंगशाला जारी महिला फुटबलमा भने नुवाकोटले रामेछापलाई २–१, सिन्धुलीले काभ्रेलाई पेनाल्टी सुटआउटमा १–० र काठमाडौँले मकवानपुरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पाखा लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप