सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिनिसियनमाथि रंगभेदी दुर्व्यवहार, भ्यालेन्सियालाई कारबाही

बुधबार, १० जेठ २०८०, ०९ : ५९
बुधबार, १० जेठ २०८०

मड्रिड । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेपछि भ्यालेन्सियालाई जरिवाना गर्नुका साथै पाँच खेलका लागि रंगशालालाई आंशिक बन्द गर्न निर्देशन दिइएको छ ।

आइतबार मेस्टाला रंगशालामा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना तोकिएको छ । त्यस्तै, क्लबको रंगशालाको दक्षिण भागलाई बन्द गर्न भनिएको छ ।

क्लबलाईलाई अपिल गर्न १० दिनको समय दिइएको छ । स्पेनिस फुटबल फेडरेसनले २२ वर्षीय भिनिसियस जुनियरलाई दिइएको रातो कार्ड पनि रद्द गर्ने निर्णय गरेको छ ।
यो सिजन भिनिसियसमाथि पटक–पटक रंभभेदी दुर्व्यवहार भएको छ । पछिल्लो घटनापछि उनलाई विश्वभरबाट समर्थन प्राप्त भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप