मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

बुधबार, १० जेठ २०८०, १३ : २८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 
उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए । उनले नेपालमा कुहिएर जाने काठहरुको कानुनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भूमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ । दोस्रो २० औं वर्षदेखि जुन काठहरु कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानुनअनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौँ भने वा स्वदेशमा नै खपत गर्नसक्यौँ भने सहजीकरण गरेर कुन नदिएर बचाउने हो ।’ 

मन्त्री महतोले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए । ‘तेस्रो हाइड्रोपावरको जुन इस्युहरु आइरहेको छ, वर्षौंदेखिका फाइलहरु वन मन्त्रालयबाट फरवार्ड हुन सकिरहेको छैन । त्यसलाई हामीले सहजीकरण गरेर हाइड्रोपावरलाई प्रोत्साहन गर्ने । आर्थिक संकट विद्यमान छन्, त्यसलाई जस्तो यो जडिबुटीहरु थुप्रो संख्यामा उत्पादन गर्नसक्छौँ, त्यसलाई प्रोत्साहन गरी विदेशी पैसा भित्र्याउनुपर्छ’ उनले भने, ‘वातावरणमा असर पर्ने उद्योगहरु छन्, त्यसलाई सशर्त रुपमा निगरानी गरी वातावरणमा असर नपर्ने गरी प्रयोगमा ल्याउने हो । म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शुन्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिन। देश र जनताको हीतमा काम गर्नेछु ।’

मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरुलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप