सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जोर्डी अल्बाले बार्सिलोना छाड्ने

बुधबार, १० जेठ २०८०, २१ : ५५
बुधबार, १० जेठ २०८०

क्याम्प नाउ । स्पेनका लेफ्ट ब्याक जोर्डी अल्बाले बार्सिलोना छाड्ने भएका छन् । स्पेनिस च्याम्पियन र अल्बा एक सिजन अघि नै आफ्नो सम्झौतालाई आपसी रूपमा समाप्त गर्न सहमत भएका छन्। ३४ वर्षीया अल्बा भ्यालेन्सियाबाट २०१२ मा क्लबमा आएका थिए । क्लबमा रहँदा उनले ६ ला लिगा उपाधि, ५ कोपा डेल रे ट्रफी र २०१५ मा च्याम्पियन्स लिग जितेका थिए।

उनले यस सिजनमा बार्सिलोनाले ला लिगा जित्दा २९ खेल सहित क्याटालान क्लबबाट ४५८ खेल खेलेका छन्। यसअघि कप्तान सर्जियो बुस्केट्सले पनि क्लब छाड्ने निर्णय गरेका थिए । बार्सिलोनाले ला लिगाको फाइनान्सियल फेयर प्ले नियमहरू पूरा गर्न आफ्नो टोलीलाई पुनर्संरचना गर्दा यो निर्णय आएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप