आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

बागमती प्रदेश : मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित, प्रदेश प्रमुखले प्रदेशसभामा सम्बोधन गर्ने

आइतबार, १४ जेठ २०८०, ११ : ५५
आइतबार, १४ जेठ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

मन्त्रिपरिषद बैठकले प्रहरी चौकी रत्ननगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला व्यारेक भवन, प्रहरी चौकी खाङसाङ फिक्कल (सिन्धुली), जिल्ला ट्राफिक कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन निर्माणका लागि खर्चको अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद बैठकले स्थानीय विपद् कोषमा १ करोड रुपैया जम्मा गर्ने निर्णय गरेको छ । जसअनुसार गौरीशंकर गाउँपालिका दोलखा, गोकुलगंगा गाउँपालिका रामेछाप, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, म्यागङ गाउँपालिका नुवाकोट, नौकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ, बेथानचोक गाउँपालिका काभ्रेपलान्चोक, राक्सिराङ गाउँपालिका मकवानपुर, मरिण गाउँपालिका सिन्धुली र इच्छाकामना गाउँपालिका चितवनलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप