आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत

आइतबार, १४ जेठ २०८०, १६ : ११
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत दिएको छ । आर्थिक सर्वेक्षणअनुसार उक्त सङ्ख्याका विदेशी नागरिकलाई श्रम स्वीकृति दिनुका साथै ७९५ जनालाई पुनः श्रम स्वीकृति दिइएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या क्रमशः ६८६–६०६ थियो । २०७८/७९ को आर्थिक वर्षभर ९५० जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।

यस्तै, यस अवधिमा १ हजार ६९२ श्रम प्रतिष्ठानको निरीक्षणका साथै न्यूनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा ३१ श्रम प्रतिष्ठानलाई श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र प्रदान गरिएको छ भने २६९ कम्पनीको इजाजत पत्र नवीकरण समेत गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप