सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभा भलिबलमा भारत च्याम्पियन

आइतबार, १४ जेठ २०८०, १७ : ३७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै उपाधि चुमेको हो ।

एकपक्षीय फाइनल खेलमा भारतले कजाकस्तानलाई ३—० सेटले पराजित गर्‍यो । फाइनल खेलमा भारत २५—१५, २५—२२, २५—१८ अंकले विजयी भयो । प्रतियोगितामा नेपाल तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले हराएको थियो ।

नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो । नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो ।

गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल गर्‍यो । प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप