सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

सोमबार, १५ जेठ २०८०, १६ : ३५
सोमबार, १५ जेठ २०८०

काठमाडौं । चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए । विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ । यस्तै, चालू आर्थिक वर्षको यस अवधिमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै रहेको र आयातित वस्तुको मूल्यवृद्धि बढी भएको उनको भनाई छ ।

चैत मसान्तसम्म सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चितीले ११ महिनाको वस्तु आयात धान्ने केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा.महतले बताए ।
यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७ प्रतिशत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप