सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट

विकासका कामलाई नरोक्ने गरी वन क्षेत्रको समस्या समाधान गर्ने

सोमबार, १५ जेठ २०८०, १६ : ४७
सोमबार, १५ जेठ २०८०

काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि रितपूर्वक पेश भएको ३० दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आगामी आर्थिक वर्षदेखि निवेदन पेस भएको ३० दिन भित्र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनुपर्ने व्यवस्था गरेको बताएका हुन् ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने रुखको संख्यामा १० प्रतिशतसम्म फरक परेमा पूरक वातावरणीय मूल्यकंन गर्नुनपर्ने व्यवस्था समेत गरिने अर्थमन्त्रीको भनाई छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि नेपाल सरकारबाट रुख कटानको स्वीकृति दिने र स्वीकृत मिलेको १५ दिन भित्रै काटिसक्नुपर्ने व्यवस्था समेत हुने छ ।

यसबाट वन क्षेत्रको भोगाधिकार र रुख कटान प्रवृत्ति सहजीकरण भई विकासका काम सहज हुने अर्थमन्त्रीको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप