सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत सहमति प्रदान भएको ९ महिनासम्म ठेक्का लाइसक्नुपर्ने

सोमबार, १५ जेठ २०८०, १६ : ५४
सोमबार, १५ जेठ २०८०

काठमाडौं । स्रोत सहमति प्रदान गरेको मितिले ९ महिनासम्म ठेक्का सम्झौता नभएमा सहमति स्वत रद्ध हुने भएको छ । सरकारले आगामी वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि सहमति प्रदान भई ९ महिनासम्म बोलपत्र आह्वान नभएका सहमतिका स्रोत खारेज गर्ने समेत अर्थमन्त्री डा. प्रकाशसरण महतले उद्घोष गरेका छन् । 

खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्दै सार्वजनिक खरिदलाई प्रभावकारी बनाउन नियममा आवश्यक परिवर्तन गर्ने घोषणा समेत सरकारले गरेको छ । यस्तै, आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का सुरु गरिसक्नुपर्ने व्यवस्था समेत बजेटले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप