आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्यातमा अनुदान दिन ९० करोड बजेट

सोमबार, १५ जेठ २०८०, १७ : ३९
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निर्यात प्रबद्र्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने भएको छ । नेपालको वैदेशिक व्यापार वृद्धि गर्न व्यापार सम्भावना भएको क्षेत्रको खोजी र निर्यात गन्तव्य समेत खोज्ने घोषणा भएको हो ।

यस्तै, छुर्पी, चिया र कफी लगायत वस्तुको निर्यात गर्ने लक्ष्यसहित बजेट विनियोजन भएको छ । यस्तै, हिमालयका पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने घोषणा समेत सरकारले गरेको छ ।

वातावरणलाई क्षति नहुने गरी ढुंगा र गिट्टी निर्यात गर्ने र निर्यातमा दिइँदै आएको रकम दिन ९० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप