आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

न्यूनतम ३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता विस्तार गरिने

सोमबार, १५ जेठ २०८०, १७ : ४५
सोमबार, १५ जेठ २०८०

काठमाडौं । अर्थमन्त्री डा‍‍.प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाए ।

अर्थमन्त्री महतले ‘वाटर फ्रम हिमालय’को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर र प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको जनाए । उनले ३६ प्रकारका वस्तु निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप