आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

सोमबार, १५ जेठ २०८०, १७ : ४७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् ।

यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् । प्रत्येक प्रदेशमा एक/एक वटा भण्डारण गोदाम बनाउने बताइएको छ ।

सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई  ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप