आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ पर्यटकीय गन्तव्य खोज्न २ अर्ब बजेट, खप्तडमा केबलकार सञ्चालन गरिने

सोमबार, १५ जेठ २०८०, १८ : ०४
सोमबार, १५ जेठ २०८०

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्न २ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले पर्यटकीय गन्तव्य विकास गर्ने, सांस्कृतिक र महत्त्वपूर्ण सम्पदाको संरक्षणमा समेत यसको खर्च हुने छ ।

यस्तै, सबै प्रदेशमा एक/एक वटा हिल स्टेसन विकासको योजना समेत बजेटमा अटेको छ । पर्यटन प्रवर्द्धन गर्न हरियाली पार्कको निर्माण गर्ने र संरक्षित क्षेत्रभित्र ६२१ किलोमिटर करिडोर निर्माण गर्ने योजना समेत सरकारको छ ।

यस्तै, खप्तड लगायतका क्षेत्रमा केबलकार सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समेत सरकारको घोषणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप