आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी वर्ष ५० हजार जनाको सीप परीक्षण प्रमाणीकरण गरिने

सोमबार, १५ जेठ २०८०, १८ : ११
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् मार्फत वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गरिने बताए । 

स्वदेश तथा विदेशमा सीप सिकेको स्वघोषणाको आधारमा जनशक्तिको सीप परीक्षण गरी प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए । 

प्राविधिक प्रशिक्षकहरूको दक्षता अभिवृद्धिका लागि प्राविधिक प्रशिक्षक अनुमतिपत्र प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप