आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढ्यो कृषि क्षेत्रको बजेट, ५८ अर्ब ९८ करोड विनियोजन

सोमबार, १५ जेठ २०८०, १८ : २७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिक्तामा राख्दै बजेट बढाएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयको बजेट बढाइएको हो । चालू आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जुन, आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा.प्रकाशसरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

यसबाट सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई थप प्राथमिक्तामा राखेको देखिएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्षमा पशुपन्छीको भ्याक्सिन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । यसका लागि ५ करोडभन्दा धेरै भ्याक्सिन उत्पादन गर्नका लागि बजेट समेत विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप