आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने

सोमबार, १५ जेठ २०८०, १८ : ४९
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने बताएको छ । आगामी आर्थिक वर्षका लागि सोमबार बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरमा लघु तथा साना जलविद्युत, सौर्य तथा वायु ऊर्जा प्रविधिको विकास गरिने जानकारी गराए । 

आयातित इन्धनको परिणामलाई घटाउने गरी प्रतिव्यक्ति बिद्युत् खपत बढाई ४५० किलोवाट घण्टा पुर्‍याइने बताए । नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित १११ मेगावाटको रसुवागढी, १०२ मेघावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीबाट प्रवर्द्धित विद्युत् र सोलार आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने जानकारी गराए । 

मन्त्री महतले आगामी आर्थिक वर्षको अन्त्यसम्म कूल विद्युत् उत्पादन ३ हजार ६ सय मेगावाट पुग्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप