दोलखा र बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माण हुने
सोमबार, १५ जेठ २०८०, १८ : ५०
काठमाडौंँ । सरकारले नेपाललाई चलचित्र गन्तव्यको रुपमा आकर्षित तरिकाले विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई चलचित्र गन्तव्यको रुपमा आकर्षित तरिकाले विकास गर्ने घोषणा गरेका हुन् ।
मन्त्री महतले बजेटमा निजी र साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माण अगाडि समेत बढाइने बताएका छन् ।