आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयमा क्यूआर कोडबाट दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने

सोमबार, १५ जेठ २०८०, १९ : ०९
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारी कार्यालयमा सेवा लिए बापत बुझाउनुपर्ने सबै दस्तुर र शुल्क क्यूआर कोड वा विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । 

आगामी आर्थिक वर्षका लागि संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उनले राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमतिपत्र सेवा सहज रूपमा आवश्यकता अनुसार २ सिफ्टमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । 

सरकारी कार्यालयको सेवालाई नागरिक एपसँग जोडिने मन्त्री महतले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप