आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशस्थित कुटनीतिक नियोगको संख्या पुनरावलोकन गरिने

सोमबार, १५ जेठ २०८०, १९ : १०
सोमबार, १५ जेठ २०८०

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशस्थित कुटनीतिक नियोगहरुको संख्या पुनरावलोकन गरिने बताएका छन्। संघीय संसदमा आर्थिक वर्ष २०८०/२०८१ को बजेट सार्वजनिक गर्नेक्रममा उनले यस्तो उद्द्घोष गरेका हुन् । उनले वैदेशिक लगानी आर्थिक कुटनीति परिचालन नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्दै मित्र राष्ट्रहरुको सम्बन्धलाइ थप सुदृढ तुल्याउन समानतामा आधारिक स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरिने बताए। महतले अन्तराष्ट्रिय क्षेत्रीय एवं उपक्षेत्रीय संगठनहरुको साझेदारी र सहकार्य प्रभावकारी बनाइने बताए। ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न तथा समसामयिक विषयमा नीति निर्माण गर्न सघाउ पुर्याउने उद्देश्यले सगरमाथा संवादलाई र प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृङ्खला आयोजना गरिने बताए । वैदेशिक लगानी, व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन, विकास सहायता परिचालन र प्रविधि हस्तान्तरण जस्ता क्षेत्रमा आर्थिक कुटनीति परिचालन गर्ने जानकारी महतले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप