आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेट बिनियोजन

सोमबार, १५ जेठ २०८०, १९ : १३
सोमबार, १५ जेठ २०८०

काठमाडौं । नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेका हुन् । 
अर्थमन्त्री महतले भने–‘डिजिटल फोरेन्सीक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक बजेट बिनियोजन गरेको छ ।’

शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई प्रभावकारी र विश्वसनिय बनाउन सवै सुरक्षा निकायलार्य साधन स्रोत सम्पन्न बनाउँदै लगिने छ’ डा.महतले बताए । संगठित अपराध, वित्तिय अपराध, आत्महत्या, हिंसा र लागुऔषधको ओसारपसार नियन्त्रण गर्न नविनतम प्रविधिको प्रयोग गरिने अर्थमन्त्री महतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप