आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सोमबार, १५ जेठ २०८०, १९ : २१
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले एक वर्षभित्र ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले यस्तो लक्ष्य तय गरेको हो ।

यससँगै, आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत् उत्पादन ३ हजार ६ सय मेगावाट पुग्ने  भएको छ । 

आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत् खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य समेत बजेटमा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप