आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटमा खेलकुद : पूर्वाधार निर्माणमा जोड

सोमबार, १५ जेठ २०८०, १९ : २६
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा खेलकुदका पूर्वाधार निर्माणमा जोड दिइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा खासगरी क्रिकेटको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । 

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने र कीर्तिपुर मैदानमा रात्रिकालीन खेल सञ्चालन गर्न मिल्ने डरी फ्लडलाइट जडान गरिने बजेटमा उल्लेख छ । निर्माणाधीन मुलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंशागाल र काठमाडौंको सुवणर्शमशेर क्रिकेट रंगशालाका लागि पनि बजेट विनियोजन गरिएको छ । 

यसैगरी निर्माणाधीन धनगढी, इटहरी, पोखरा र नेपालगञ्ज प्रादेशीक रंगशाला र कहभर्डहलका लागि पनि बजेट विनियोजन गरिएको छ । चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारी र सहभागिताका लागि पनि बजेट छुट्याइएको छ ।

यसैगरी कणर्ाली प्रदेशमा आयोजना हुने १०औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले जनाएका छन् । सार्वजनिक निजी साझेदारीमा हाइअल्टिच्युड र साहसिक खेलकुदको पूर्वाधार विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

यसैगरी खेलकुद पर्यटनको प्रवर्द्धन गरिने, खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रलाई आकर्षित गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । मार्सल आर्टस खेललाई समुदायस्तरसम्म विस्तार गरिने पनि उल्लेख गरिएको छ । 

यसैगरी राष्ट्रिय खेलकुद परषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल क्रिकेट संघ, नेपाल फुटबल संघलगायतका खेलकुद संघहरुको क्षमता अभिवृद्धि गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । स्थानीय तहलाई विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता पनि बजेमा व्यक्त गरिएको छ ।

स्वरोजगार बन्न चाहने खेलाडीका लागि युवा स्वरोजगार कोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने तथा खेलकुदको माध्यमबाट स्वास्थ्य, सबल र अनुशासित जनशक्ति उत्पादन गर्ने नीति लिइएको पनि बजेटमा उल्लेख गरिएको छ । 

यसैगरी आर्थिक वर्ष २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रुपमा मनाइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । युवालाई राष्ट्रिय उत्पादन प्रणालीमा आबद्ध गर्ने तथा युवालाई आर्थिक, सामाजिक र संस्कृति जागरणमा समाहित गरिने कार्यक्रम पनि बजेटमार्फत अघि सारिएको छ ।

० क्रिकेटको पूर्वाधार विकासमा जोड 

० प्रादेशिक रंगशालाका लागि बजेट विनियोजन

० १९औ एसियाली खेलकुद र १०औं राष्ट्रिय खेलकुदलाई बजेट

० हाइअल्टिच्युड र साहसिक खेलकुदको पूर्वाधार निर्माण लागि बजेट

० पदक विजेता खेलाडीलाई प्रोत्साहन र सम्मान गरिने 

० खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रलाई आकर्षित गर्ने नीति

० सन् २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप