बजेटमा फिल्म क्षेत्र : के–के विषय समेटिए ?
सोमबार, १५ जेठ २०८०, १९ : ३१
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नेपाली कलाक्षेत्रले पनि प्रथामिकता पाएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा नेपाललाई चलचित्र गन्तब्यको रुपमा विकास गर्ने, चलचित्र प्रर्यटन विकासका लागि निजि क्षेत्रलाई प्रोत्सान गर्ने, दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माण लगायतका विषय अटाएको छ ।