आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबाट आउँदा जुनसुकै आकारको एउटा टिभी ल्याउन छुट

सोमबार, १५ जेठ २०८०, १९ : ४४
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर स्वदेश फर्केकाहरुले एउटा जुनसुकै आकारको टेलिभिजन सेट ल्याउन पाउने बताएका छन् । 

सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर कम्तीमा १ वर्ष वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई भन्सार छुटको सो सुविधा दिने बताएका हुन् । 

साथै एउटा मोबाइल ल्याउन पाउने नीति सरकारले यसअघि नै लिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप