आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको क्षेत्रमा ५० करोड बजेट

सोमबार, १५ जेठ २०८०, १९ : ५३
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो आफ्नो जिल्लाको सडकका लागि ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । लामो समयदेखि स्तरोउन्नति हुन नसकेको बाइपास–त्रिशूली सडक खण्ड अन्तरगतको पासाङ ल्हामु राजमार्गको निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । 

बजेटमार्फत पासाङ ल्हामु राजमार्गको तीनपिप्ले–रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोउन्नतीका लागि आगामी आर्थिक वर्षको बजेटबाट ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.महतले बताए । 

यस क्षेत्र अर्थमन्त्रीको गृह जिल्ला मात्र नभई पूर्व निर्वाचन क्षेत्र समेत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप