आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताको अपेक्षा पूरा गर्न सांसद विकास कोष ब्युँतायौँ : अर्थमन्त्री महत

सोमबार, १५ जेठ २०८०, २१ : ३५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोषको व्यवस्थाले १६५ निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न मद्दत गर्ने भएकाले ब्युँताएको प्रतिक्रिया दिएका छन् । 

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत पछि सांसद भवन बाहिर सञ्चार कर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकारले ठूला बजेट छुट्याए पनि निर्वाचन क्षेत्रका जनताको अपेक्षाका आयोजनाहरु नसमेट्ने भएकाले सांसद विकास कोष ब्युँताएको बताए ।   

उनले सांसद विकास कोषमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रकम विनियोजन गरिए पनि बजेटको कार्यान्वयन सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए । 

उनले निर्वाचन क्षेत्रका सांसदहरुको कार्यभार जनताको अपेक्षा अनुसारका योजना सिफारिस गर्ने मात्रै भएको बताए । उनले जनताले निर्वाचन मार्फत चुनिएका प्रतिनिधिहरुलाई अविश्वास गर्न नमिल्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप