सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्जु पन्तको ‘एक चिम्टी सिन्दूर’ मा समिक्षा र सागरको रोमान्स

शुक्रबार, १९ जेठ २०८०, १३ : ३७
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलीमा तयार गीतमा सबिता पोखरेलको शब्द तथा सरोज कोइरालाको संगीत छ । गीतको संगीत संगीत संयोजन विष्णु अधिकारीले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु भिडियोमा देखाउन खोजिएको छ । 

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन उप्रेतीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप